उतारचढावकाबीच २७ अंकले बढ्यो शेयरबजार, सबै सूचकमा हरियाली छाउदा हाइड्रोपावर र विकास बैंक चम्किए

२ भाद्र २०७९, बिहीबार १५:२४

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ ।

नेपाल बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने विषय र बैंकहरुमा निक्षेप थपिँदै जानुले शेयरबजारमा बढ्न पुगेको हो । शेयबजार बढेसँगै कारोबारमा पनि केही सुधार देखिएको छ ।

नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख माथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक विकास बैंक समूहको ३.१७ प्रतिशत र हाइड्रोपावर समूहको २.९२ प्रतिशतले बढ्न पुगेको छ ।

शेयरबजारमा उकालिएसँगै आज चार हाइड्रोपावर कम्पनीको शेयरमा सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो, श्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*