झिनो अंकले घट्यो नेप्से, चार उपसूचकमा हरियाली छाउदा दुई अर्बमाथिको कारोबार

५ भाद्र २०७९, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७.७४ अंकले घटेको छ । प्रि ओपनिङ्ग सेसनमा बढेपनि शेयरबजार बन्द हुनेबेलासम्म झिनो अंकले घटेर बन्द भएको हो ।

उतारचढावकाबीच घटेको नेप्सेमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोडमाथिको कारोबार हु्न पुगेको हो । गत साताको अन्तिमतिर शेयरबजारमा रौनकता छाएपनि साताको पहिलो दिन नै मार्केट घट्न पुग्दा लगानीकर्ताहरुको उत्साह घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, निर्जिवन बीमा र उत्पादन तथा प्रशोधन समूह बढ्न पुगेको छ भने सर्वाधिक व्यापार समूहको १.९३ प्रतिशतले घट्न पुगेको छ ।

साथै आज शेयरबजारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सर्किट लागेको छ भने सर्वाधिक रिभर फल्स पावरको ५.१९ प्रतिशतले शेयरमूल्य घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*