एक्सेल डेभलपमेन्ट बैंकको एक्सेल समृद्धि बचत खाता सञ्चालनमा

५ भाद्र २०७९, आईतवार १७:५१

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ।

यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । यो बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने बैंकले जनाएको छ।

बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुविधासमेत उपलब्ध गराउने छ। जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेकबुक, अन्य बैंकका एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ।

बैंकले हाल झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ वटा शाखामार्फत स्थानीयस्तरमा बैंकिङ सेवा प्रदान गर्र्दै आएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्यूआर कोड पेमेन्ट, आरटीजीए, कर्पोरेट पेजस्ता सुविधासमेत बैंकले उपलब्ध गराउँदै आएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*