आजसम्म कायम इकाईधनीहरुले मात्रै यी चार फण्डको लाभांश पाउने
६ भाद्र २०७९, सोमबार १०:१३

काठमाडौं । चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी म्युचुअल फण्डका इकाईधनीहरुले मात्र फण्डहरुको प्रस्तावित लाभांश पाउनेछन् ।
सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले १० प्रतिशत, लक्ष्मी इक्विटी फण्ड, र लक्ष्मी उन्नती कोषले ५–५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।