एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
६ भाद्र २०७९, सोमबार ११:४७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन दिएपछि सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
कम्पनीका शेयरधनी मान बहादुर फागुको ५२ हजार ३ सय ५ र भानु भक्त शर्माको १४ हजार ३ सय ५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले १५ दिन भित्र आवश्यक कागजात सहित कम्पनी सचिबको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।