धितोपत्र बोडद्धारा अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान
७ भाद्र २०७९, मंगलवार ०६:४४

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गरेको छ। बोर्डको सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। अवसर इक्विटी यस्तो लाइसेन्स पाउने दोस्रो कम्पनी हो। बोर्डले यसअघि पनि दुई दर्जन कम्पनीले भेन्चर क्यापिटलको लाइसेन्स पाउन आवेदन पाईसेका छन् ।
त्यस्तै, बोर्डले अन्य सात वटा मर्चेन्ट बैंकर र एउटा म्युचुअल फन्डलाई पनि सेबोनले पूर्वाधार तयार गर्न निर्देशन दिएको छ। यी ६ वटा कम्पनीले पनि पूर्वाधार तयार गर्नेबित्तिक भेन्चर क्यापिटलको लाइसेन्स पाउनेछ।