ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

७ भाद्र २०७९, मंगलवार ११:५१

 

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य ब्यक्तिलाई बिक्री गर्ने समेत बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*