हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

७ भाद्र २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजार भिनो अंकले बढ्न पुगेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सामान्य सुधार देखिएपनि आज एक अर्ब ३३ करोड माथिको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावरको शेयर किनबेच भएको छ । कम्पनीको आज एकैदिन १४ करोड माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख, अपि पावरको ५ करोड ४५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ३७ लाख र एनआइसी एशिया लघुवित्तको प्रोमोटर शेयर ४ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*