नेपाल इस्योरेन्सको साढे २१ लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

८ भाद्र २०७९, बुधबार १३:०२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ ८ गते) देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*