सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, ६५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

९ भाद्र २०७९, बिहीबार ११:००

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केहि शेयरधनीको नाममा रहेको १३ हजार ७ सय १५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । सो शेयरमा न्युनतम प्रतिकित्ता ६ सय ५० रुपैयाँका दरले जोकोहिले आवेदन दिन सक्नेछन् ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले भदौ १३ गतेसम्म बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ, टेकु, काठमाडौमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तले योभन्दा अगाडी नै विद्ययमान शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । उक्त अवधिमा पूरा संस्थापक शेयर बिक्री नभएकाले पुन सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*