एनसीसी बैंकको करिब एक लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउछ आवेदन ?

१३ भाद्र २०७९, सोमबार १०:४९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बेच्नका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकका संस्थापक शेयरधनी कुवेर निरौलाले १ हजार ६२२ कित्ता, ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, अम्बर बहादुर तामाङले ४१ हजार ४३ कित्ता, नरेन्द्र बलले १३ हजार ६८० कित्ता, रमेश बहादुर तामाङले १३ हजार ६८० कित्ता र पवन सिंह भण्डारीले एक हजार कित्ता शेयर बेच्न निवेदन दिएको हो ।

बैंकले ६ जना संस्थापक शेयरधनीको कुल ९० हजार १७२ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि बोलपत्र पेश नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*