बैंकहरुको सीडी रेसियो घट्न थाल्यो, एकैदिन थपियो ८ अर्ब निक्षेप

१४ भाद्र २०७९, मंगलवार ११:३३

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिन ८ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन ११ र १२ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ८ अर्ब थपिएको हो ।

साउन ११ गतेसम्म ५० खर्ब २२ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप साउन १२ गते आइतबारसम्म ८ अर्ब थपिएर ५० खर्ब ३० अर्ब निक्षेप पुगेको हो । जसमा वाणिज्य बैंकहरुको निक्षेप मात्रै ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब २५ अर्ब मात्रै रहेको थियो ।

बैंकहरुमा एकाएका यसरी अर्बौको निक्षेप थपिएसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) समेत सुधारिएको छ । साउन ११ गतेसमम् ८८.३९ प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो घटेर ८८.२५ प्रतिशतमा झरेको छ ।

त्यस्तै, सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण प्रवाह ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । जसमा वाणिज्य बैंकहरुको मात्रै ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*