‘गरिमा माइक्रो लाइफ र गरिमा माइक्रो जनरल इन्स्योरेन्स स्थापना गर्ने तयारीमा गरिमा विकास बैंक

१४ भाद्र २०७९, मंगलवार १६:५३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लघुबीमा कम्पनी स्थापना गर्नको लागि संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुलाई लगानी गर्न चाहेको खण्डमा आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ ।

बैंकले बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले गत भदौ १० गते लघुबीमा कम्पनी स्थापना गर्न सम्बन्धी लाइसेन्स वितरण गर्ने सूचना जारी गरेकोमा सोही अनुरुप संस्थापक शेयरधनी तथा शुभेच्छुकहरुको पहलमा ‘गरिमा माइक्रो लाइफ’ तथा ‘गरिमा माइक्रो जनरल’ इन्स्योरेन्स कम्पनीहरु संस्थापना प्रक्रिया अघि बढाएको हो ।

लघुबीमाको लाइसेन्स खुलागरेसँगै उता बीमा समिति तथा अर्थ मन्त्रालयका अर्थमन्त्री जनार्दन शर्मा पुनः विवादमा तानिएका छन् । पुँजी बृद्धि गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिएसँगै यता भटाभट लघुबीमाको लाइसेन्स बाँड्ने तयारीमा जुट्दा बीमा समिति र अर्थमन्त्री विवादमा मुछिएका हुन् ।

बीमा समितिले २०७९ साउन ३१ गतेको मितिमा जारी निर्देशिका अनुसार अन्य कम्पनी जस्तै पब्लिक कम्पनीले मात्रै बीमा समितिले तोकेको मापदण्ड पुरा गरेपछि लाइसेन्स पाउने उल्लेख छ । बीमा समितिले लघुबीमा कम्पनी दर्ता गर्नुपूर्व नै सहमति लिएर मात्रै दर्ता प्रक्रियामा जानसक्ने व्यवस्था निर्देशिकामार्फत गरेको छ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार गरिब, न्यून आय भएका जनतालाई लक्षित भई लघुबीमा सेवा प्रवाह गर्ने लक्ष्य लिएर आउनेले मात्रै लघुबीमाको लाइसेन्स पाउने व्यवस्था उल्लेख छ ।

लघुबीमा कम्पनी संस्थापना गर्न कालोसूचिमा नपरेको, कालोसूचिमा परेको भए हटेको तीन वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, एक तिहाई संस्थापकहरु स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ ।

 

630d77bd3a894.jpg

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*