अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट

१५ कार्तिक २०७९, मंगलवार १७:०२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर। थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ ।

भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने , ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।

’ उहाँले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताउनुभयो । युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्नुहुँदै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गर्नुभयो ।

भेटमा मन्त्री शर्माले नवनियुुक्त राजदूत थम्प्सनलाई उहाँको नेपाल बसाई सुखद होस् भन्नुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताउनुभयो । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उहाँले भन्नुभयो । भेटका अवसरमा उहाँले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताउनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*