देशको अर्थतन्त्र सुधारको दिशामा अगाडि बढ्दै गरेको सरकार र विज्ञहरुको निष्कर्ष, कहिलेबाट हुँदैछ सुधार ?

१७ कार्तिक २०७९, बिहीबार १९:२९

काठमाडौं । देशको आर्थिक अवस्था सुधार देखिदै गएको सरकार र विज्ञहरुको निष्कर्ष निकालेका छन् । बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्र बैंक र विज्ञहरुले देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फत अघि बढ्दै गएको जानकारी गराएका छन् ।

राष्ट्र बैंक निर्देशक प्रकाशकुमार श्रेष्ठले नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ थियो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो भएको उनले बताए ।अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था नरहेको बताए । उनले सञ्चिति बोर्डर लाइनमा रहेको बताए ।

विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने उनले बताए । अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको बताउँदै उनले २०७४ मा १२.४७ प्रतिशत पुगेको स्मरण गराए । त्यसैले यो अहिलेसम्मकै धेरै नरहेको उनको तर्क थियो ।नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको उनको भनाइ थियो । नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उनले बताए । नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको बताए ।

राजस्व सचिव राजेश्वर दगांलले ब्यापार घाटा विगतका बर्षहरुमा घट्दै गएको छ । आयात र निर्यातको रोसियो पनि घट्दै गएको छ। देशको स्रमगा अवस्था र्हेर्दा सुधार हुँदै गईरहेको छ।त्यस्तै, उनले खुला सीमानाकाकारण यो समस्या देखिएको उनको भनाइ छ । यसले राजस्वमा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।

त्यस्तै राजस्व घट्नुमा गाडी, १५० सिसीभन्दा माथिका मोटरसाइकल, मदिरा र निश्चित रकमभन्दा बढीको मोबाइल आयातमा लगाएको प्रतिबन्धले पनि राजस्वमा प्रभाव परेको उनले दावी गरे ।नेपाल बैंकर्स संघका अध्यक्ष एवं कृषि विकास बैंकका सिईओ अनिल उपाध्यले अहिलेको अर्थ व्यवस्थामा बैंकको प्रभाव धेरै रहेको कार्यक्रममा बताए । बजेटको आकार हाराहारीमा नै बैंकको बिजनेस रहेको उनको भनाई छ ।

असारभन्दा असोजमा साढे ३ प्रतिशत आधारदर बढेको उनले बताए । १० बर्षको इतिहासमा कुनै न कुनै समयमा तरलता अभाव भइरहेको उनको भनाइ थियो ।अहिले रिसोर्स मिस म्याचमा समस्या भएको उनको तर्क छ । बजारमा कर्जा माग भएको बेला तरलता अभाव हुने गरेको उनी बताउँछन् ।अध्यक्ष उपाध्यायले अहिले हरेक क्षेत्रमा लागत बढ्दै जाँदा आगामी दिनमा बैंकहरुले ब्याजदर घटाउने दिन आउन सक्ने बताए ।

‘कस्ट मात्रै बढाउने, ब्याजदर हामीले तलमाथि नगर्ने ? बैंकको एनपीएल (खराब कर्जा) बढ्ने अवस्थामा छ’ उनले भने ‘यो चुनौती बैंकिङ क्षेत्रमा आएको छ ।’नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले अहिले बैंकिङ प्रणालिमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट फण्ड ल्याउन आवश्यक रहेको बताएका छन् । उनले राष्ट्र बैंकबाट बाहिरबाट फन्ड ल्याउन थप सहयोग पुग्ने उनले बताए ।

बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन बिप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए ।यसो गर्न सके विदेशी विनिमय सञ्चिति बढ्ने र देश विकास हुन समय नलाग्ने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रमा परेको प्रभावको असर नेपालमा पनि परेको उनले बताए । तर,श्रीलंकासँग नेपालको अर्थतन्त्रको तुलना गर्न आवश्यक नरहेको उनको भनाइ थियो । खाद्यान्न, उर्जा क्षेत्र र सुरक्षा बलियो हुने हो भने नेपाल तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने उनले बताए ।सरकार र निजी क्षेत्रले कृषि क्षेत्रलाई मजबुत बनाएर लैजान आवश्यक रहेको बताउँदै उनले कृषिलाई माथि लैजान अनुदान आवश्यक र एक तहमा पुगेपछि घटाउन सकिने पौडेलले बताए ।

उनले बैंकिङ् क्षेत्रमा बलियो आधार बन्दै जाँदा नयाा उद्यमी बढ्न थालेको हुँदा अबको दिनमा रोजगारी बढ्ने क्षेत्रमा बैंकको लगानी आवश्यक रहेको उनले बताए ।

विज्ञहरुले देशको अर्थतन्त्रमा सुधार आई सबै कुरा सहज हुन केही समय लाग्ने भएकोले धैर्य गर्न अर्थतन्त्रका विज्ञ डा. चन्द्रमणि अधिकारीले आह्वान गरेका छन् । डा. अधिकारीेले देशको अवस्था बिग्रेको नभई बिग्रन लागेको अवस्थामा समयमै सबैको पहलबाट सचेत भएकोले जोगिएको बताउँदै अब विस्तारै सुधारको दिशामा अघि बढेको बताए । विज्ञ डा. अधिकारी मात्रै नभएर राष्ट्र बैंकका निर्देशक डा. प्रकाश श्रेष्ठले पनि अर्थतन्त्र अत्यन्तै संवेदनशिल हुने भएकोले खराव चित्रण गर्नु नहुने बताउँदै यथार्थ चित्रण गर्नुपर्ने बताए । उनले बैंकिङ प्रणालीबाट प्रवाह भएको ४६ खर्ब रकमले प्रभावकारी उत्पादन नदिएकोले पनि समस्या समाधान हुन समय लाग्ने बताए । उनले देशको अर्थतन्त्र सबै सुध्रिसकेको छैन । विस्तारै सुधारको दिशामा अघि बढेकोले धैर्य गर्न आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*