चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता हुँदै

२४ जेष्ठ २०८३, आईतवार ११:२८

काठमाडौं । चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनी भएको चार अर्ब बढी घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाईसकेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समेतका प्रतिवादीहरूमाथि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

प्रहरीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राज बहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर अभियोग दायर गर्न सीआईबीले राय दिएको छ । अर्का व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको राय छ । जसमा अधिकाशले आफूहरुलाई यस बिषयमा अनुसन्धानमा मात्रै जानकारी पाएको जिकिर गरेका छन् ।

४० जनाभन्दा धेरै व्यक्तिहरूलाई प्रतिबादी बनाउनुपर्ने प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ सो प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बिमा कसुरमा ४० जना विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । कार्यालयले यसै साता जिल्ला अदालत काठमाडौंमा बिमा कसुरमा मुद्दा दर्ता गर्न लागेको बुझिएको छ ।

यसअघि, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमालयन रि–इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । सीआईबीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट लगायतमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो ।सीआईबीको उक्त प्रतिवेदनपछि जिल्ला अदालतमा यो साता मुद्दा दर्ता गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*