काभ्रेको नमोबुद्धमा बस दुर्घटना : सात जनाको मृत्यु, १५ घाइते

२९ जेष्ठ २०८३, शुक्रबार १६:००

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन।

घटनालगत्तै प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*