बजार घटेपनि यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२९ जेष्ठ २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २७२४.०३ बिन्दुमा कायम भएको हो ।
आज ३४२ कम्पनीको ९८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोडको कारोबार भएको हो ।
आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोपान र एपोलो हाइड्रोपावको शेयरमा सर्किट लागेको हो ।
साथै, ग्रिन डेभलपमेन्ट बैंकको १३.३१ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ४.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।













