बैंकको ब्याजदर र प्रिमियम दर बृद्धिको विरोधमा उद्योगी व्यवसायीहरुको मौन विरोध प्रदर्शन

काठमाडौं । बैंकहरुको चर्को ब्याजदर घटाउनुपर्ने माग गर्दै उद्योग व्यवसायीहरुले काठमाडौंको माइतीघरमा शान्तिपुर्ण मौन विरोध प्रदर्शन गरेका छन् ।
‘ब्याजदरमा स्थिरता कायम गर’, ‘प्रिमियम दर बृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैकिङ्ग आतंक बन्द गर’ लगायतका पर्चा पम्प्लेट बोकेर उद्योग व्यवसायीहरुले प्रर्दशन गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमााडौंको अगुवाइमा उद्योगी–व्यवसायीहशरुले आज बिहान ११ बजदेखि १२ बजेसम्म माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेका हुन् ।