युनिलिभर नेपालको साधारणसभा मंसिर २३ मा, लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा

२ मंसिर २०८३, बुधबार ०९:२६

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले मंसिर २३ गते बुधबार ३३औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा अपराह्न ४ः३० बजे सभा गर्ने जनाएको छ ।

सभामा सञ्चालक समितिले सिफारिस गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरिनेछ ।

त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक योगदान गर्ने प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा हालसम्म भएका संशोधन समेटेर कम्पनी रजिस्ट्रारको कार्यालयमा ती दस्तावेजको ढाँचा अद्यावधिक गर्ने विशेष प्रस्ताव पनि पेस गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले मंसिर ८ गतेसम्म नेप्सेमा शेयर कारोबार भई नियमानुसार शेयरधनी दर्ता किताबमा नाम कायम भएका लगानीकर्ताले मात्र साधारण सभामा सहभागी हुन र मतदान गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*