अजोड इन्स्योरेन्ससको खुद नाफा झण्डै पाँच करोड, व्यवसायमा उच्च बृद्धि

२७ माघ २०७९, शुक्रबार ०७:१६

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य अंकले बृद्धि भई चार करोड ८८ लाख ३२ हजार पुगेको छ । गत आवको यसै अवधीमा कम्पनीले जम्मा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको व्यवसायमा उच्च अंकले बृद्धि गर्र्न सफल भएको छ । गत आवको यसै अवधीमा २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खूद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको छ महिनाको अवधीमा ३० करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

कम्पनीको खुद दावी भुक्तानी पनि बृद्धि देखिएको छ । गत आवको यसै अवधीमा ११ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले यस अवधीमा १५ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ९.७६ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २७३.८८ रुपैयाँ प्रतिशेयर नेटवर्थ १३९.२२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*