लाभांश प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

३० फाल्गुन २०७९, मंगलवार १०:११

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्तावसहित १८औं सभा डाकेको हो ।

कम्पनीले सो सभामा गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीको १८औं सभा चैत २० गते सोमबार आभ्या क्लब, घारीपाटन–१७ पोखरा कास्कीमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*