सिभिल लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

३० फाल्गुन २०७९, मंगलवार १०:५९

काठमाडौं । सिभिल लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा चयन गरेको हो ।

यस सँगै अब सिभिल लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलले गर्ने छ ।

चैत्र १ गतेदेखि लागु हुने गरि हिमालयन क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको लघुवित्तले जनाएको छ। साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको सेयर रजिष्ट्रार सेवा सम्बन्धी कार्यहरू सेयर रजिष्ट्रार सेवा हस्तान्तरणका लागि आवश्यक कामकारबाही सम्पन्न गर्नका निम्ति चैत्र १ गते देखि चैत्र ०७ गतेसम्म बन्द रहने कम्पनीले उल्लेख गरेको छ ।
सिभिल लघुवित्त र हिमालयन क्यापिटल दुवै हिमालयन बैंकका सहायक कम्पनी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*