सेबोनद्वारा रावा इनर्जीलाई साढे ८ करोडको आइपीओ निष्काशन गर्न अनुमति

३० फाल्गुन २०७९, मंगलवार १३:२७

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्नेछ । रावा इनर्जीले स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा आइपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ ।

यो आईपीओ चुक्तापुँजीको ३० प्रतिशतबराबर हुन आउँछ । यो कम्पनीमा ७० प्रतिशत सेयर हिस्सा संस्थापक समूहको रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २८ करोड रुपैयाँ पुग्नेछ । रावा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*