शेयरबजारमा झिनो अंकको सुधार, ८ उपसूचकमा छायो हरियाली

३० फाल्गुन २०७९, मंगलवार १५:१९

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाएर सार्वजनिक गरेसँगै आज नेप्से सूचक सामान्य बढ्न पुगेको हो । बैंकहरुले घटाएको ब्याजदरमा आम लगानीकर्ता तथा ब्यवसायीहरुल अझै सन्तुष्टी देखिएका छैनन् । यसका कारण पनि केही दिनयताको कारोबार रकम घट्दो क्रममा छ ।

आज नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ८ उपसूचकमा हरियाली छाएको छ भने ५ उपसूचकमा राताम्य रहेका छन् ।

सर्वाधिक फाइनान्स इन्डेक्स ०.९८ प्रतिशतले बढेको छ भने ब्यापार उपसूचक २.३८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*