बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन, कतिले पाए शेयर ?

३ चैत्र २०७९, शुक्रबार ११:२९

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो ।

लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ क रोड ६५ लाख ५ हजा रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई छुट्याएको ८० हजार ९५० कित्ता शेयरको २०७.१० गुणा बढी हुन आउछ । यस हिसाबमा १० कित्ताका दरले आइपीओ बाँडफाँड गर्दा ८ हजार ९५ जनाले मात्रै शेयर पाएका छन् भने बाँकी १५ लाख २८ हजार ८७८ जनाको हात खाली भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*