दुई लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

४ चैत्र २०७९, शनिबार ०६:०८

काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै स्थानमा हुँदैछ ।

युनिक नेपाल लघुवित्त
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा नं। ४ बाँकेमा बिहान १० बजे बस्दैछ।

सो सभाले अन्य कुनै लुघवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर वा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यको लागि उपयुक्त लघुवित्तको पहिचान गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन वा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिनेछ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एकजना संचालकहरुको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन २२ गते एक दिनका लागि बुकक्लोजको गरिसकेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

सर्पोट लघुवित्त

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा आज बस्दैछ । सभा दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुँदैछ।

सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ११५ बोनस सेयर र कर तिर्न ०।५७५ नगद लाभांश गरी कुल ११।५७५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गरेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*