यस्तो छ नागरिक लगानी कोषको शेयर संरचना, कुन संस्थाको कति छ शेयर ?

५ चैत्र २०७९, आईतवार १४:२३

काठमाडौं । हाल नागरिक लगानी कोषको अधिकतम पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी पनि ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्व २५ करोड १० लाख रुपैयाँ रहेको छ ।

कोषमा सबैभन्दा बढी सरकारी स्वामित्वमा रहेको संस्था राष्ट्रिय बीमा संस्थानको शेयर स्वामित्व रहेको छ । संस्थानको कोषमा ३१ दशमलव ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा नेपाल सरकारको रहेको छ । सरकारको कोषमा २३ दशमलव ३४ प्रतिशत शेयर स्वामित्व रहेको छ । कोषमा आम जनता तथा सर्वसाधारणको २० प्रतिशत रहेको छ ।

कोषमा नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत र अन्य बैैंक तथा वित्तीय संस्थाहरुको १५ दशमलव ११ प्रतिशत शेयर रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*