यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

५ चैत्र २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ ।

आज शेयरबजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*