६ अंकले घट्यो नेप्से, ८ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

५ चैत्र २०७९, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजार घटेसँगै लगानीकर्ताहरु निरुत्साही बन्दा शेयबजारमा कारोबार रकम समेत घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, हाइड्रोपावर लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड उपसूचक १.१७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*