युनाइटेड मोदी हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति

६ चैत्र २०७९, सोमबार १०:१३

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको छ । साथै कम्पनीले चैत २३ साधारण सभा बोलाएको छ ।

कम्पनीले सभामा ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यसले बिहीबार चैत ९ गते बुक क्लोज गर्दैछ । यसर्थ, बुधबार चैत ८ गतेसम्म कायम सेयरधनी कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*