सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भोली बाँडफाँड हुने

७ चैत्र २०७९, मंगलवार १८:१२

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ भोली बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले प्रि अलमेन्ट सम्वन्धि सम्पूर्ण प्रकृया सम्पन्न भएपछि भोली शेयर बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १४ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता भन्दा धेरै शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको करिब ४ गुणा बढी हुन आउँछ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै शेयर पाउनेछन् ।

त्यस अनुसार करिब १० लाख आवेदकले शेयर नपाउने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*