यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१२ चैत्र २०७९, आईतवार १५:०३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब २८ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको ८ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्तको ७ करोड, नबिल बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्ट्सको २ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*