शेयरबजारमा २६ अंकको गिरावट, सबै उपसूचक राताम्य

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । नेप्से सूचक आज २६.८७ अंकले घटेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।
लगानीकर्ताहरु नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयरबजार सुधारिने आशामा बसिरहेका छन् । अर्थमन्त्री बिहिन हुँदा शेयरबजारको अवस्था खस्किँदै गइरहेको लगानीकर्ताहरुले बताएका छन् ।
आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक म्युचुअल फण्ड सूचक ४.७७ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ३.८४ प्रतिशतले घटेको छ ।