नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

१२ चैत्र २०७९, आईतवार १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एनएलजी इन्स्योरेन्स लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य ६५१ रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ५९१ रुपैयाँ ८२ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयरबजारमा एनएलजी इन्स्योरेन्सको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*