नेप्सेमा शिखर इन्स्योरेन्सको ३६ लाख ८८ हजार कित्ता बोनश शेयर सूचिकृत

१२ चैत्र २०७९, आईतवार १६:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप १ कम्पनीको बोनश शेयर मूल्य सुचिकृत गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको १६ प्रतिशतका दरको कुल ३६ लाख ८८ हजार ६६० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । सुचिकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*