सगरमाथा जलविद्युतको आइपीओमा आवेदन दिने अन्तिम दिनमा १४ लाख बढी आवेदन

१२ चैत्र २०७९, आईतवार १७:४७

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म निष्काशन गरेको आईपीओमा १४ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको ४.४८ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ३ लाख ५८ हजार १७५ जनाले मात्रै शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*