नयाँ ब्रोकर कम्पनी थप्ने सेबोन अध्यक्षको उद्घोष, नयाँ ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता

१६ चैत्र २०७९, बिहीबार ०७:५४

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप गर्ने उद्घोष गरेका छन् । राजधानी आयोजित एक कार्यक्रममा उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ ब्रोकर कम्पनी थप गर्ने जनाएका हुन् । अध्यक्ष हमालले भने, नेपालमा कम्तीमा १०० वटा ब्रोकर कम्पनी आवश्यक छ ।

अध्यक्ष हमालले ब्रोकर कम्पनीहरुका बीचमा पनि स्वास्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै त्यसका लागि सय वटा ब्रोकर आवश्यक रहेको बताए ।
अध्यक्ष हमालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स सम्बन्धी कार्य छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नयाँ निर्देशिका ल्याएरै भएपनि ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बताए । नेपालमा अहिले ५० वटा स्टक ब्रोकर कम्पनी छन्। बोर्डमा नयाँ ४६ कम्पनीले आवेदन दिएका छन् ।

यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेका अध्यक्ष हमालको योजना असफल भएको छ । ४५ दिने सूचना मार्फत नयाँ लाइसेन्स वितरण गर्न लागेकोमा ४४ औं दिनसम्म एउटा पनि आवेदन परेन भने ४५ औं दिन सर्वोच्च अदालतको आदेशबाट आवेदन दर्ता रोक्नु भन्ने अन्तरिम आदेशका कारण आवेदन दर्ता नभई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया टुंगिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*