सबोनले २५ करोड रुपैयाँ पुँजी भएको कम्पनीलाई एसएमईमा राख्ने, आइपीओ भर्न २५ हजार रुपैयाँ चाहिने (मस्यौदासहित)

१६ चैत्र २०७९, बिहीबार १३:५२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा तयार पारेको छ ।
सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई साना तथा मझौला संगठित संस्थाहहरुको धितोपत्र निष्काश सम्बन्धी विभिन्न नियमहरु बनाएको हो ।

जसअनुसार २५ करोड रुपैयाँभन्दा कम चुक्तापुँजी भएका कम्पनीलाई अब एमएमई कम्पनीमा गणना गरिने भएको छ । साथै यस्ता कम्पनीहरुले जारी गर्ने साधारण शेयर (आइपीओ)मा न्यूनतम मूल्य २५० कित्तासम्म आइपीओमा आवेदन दिन पाइनेछ । उक्त शेयरको अंकित मूल्य १०० रुपैयाँ नै हुने बोर्डले जनाएको छ ।

यस हिसाबमा अब आवेदकले यस्ता कम्पनीहरुको आइपीओमा आवेदन दिदा न्यूनतम २५ हजार रुपैयाँ तयार पार्नुपर्ने देखिएको छ । नियमावलीलाई निष्कर्षमा पु¥याउन बोर्डले राय सुझाव लिने जनाएको छ।

बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन् ।

यस्ता कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ । पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सकिने मस्यौदामा उल्लेख छ ।

 

sme-regulation

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*