यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१६ चैत्र २०७९, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर ८९ करोड ९५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख, जीवन विकास लघुवित्तको २ करोड १४ लाख, एनआइसी एशिया बैंकको २ करोड १३ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*