सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?

१७ चैत्र २०७९, शुक्रबार १०:१७

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । आइपीओमा १४ लाख ३३ हजार ७७७ जनाले कुल १ करोड ६० लाख ७६ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ३ लाख ५८ हजार १७६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ७५ भन्दा धेरै जनाको भने हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*