एनएलजी इन्स्योरेन्सको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२० चैत्र २०७९, सोमबार ११:३२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको हाल एक अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पुँजि रहेकोमा बोनस शेयर वितरणसँगै कूल चुक्ता पुँजि एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ पुग्नेछ ।

साथै साधारणसभामा आव २०७८।०७९ को बार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गरिएको छ । साथै कम्पनीले हालको अधिकृत पुँजि संरचनालाई एक अर्ब ५० करोडबाट बृद्धि गरी एक तीन अर्ब पुर्याउने विशेष प्रस्ताव आगामी साधारणसभाबाट पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत्र १३ गते नै बुक क्लोज गरिसकेको थियो । चैत्र १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिई १० प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*