आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डको इकाईका लागि अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा बैशाख ३१ गतेभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।












