प्रतितोला एक हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२१ बैशाख २०८०, बिहीबार १०:४८

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहिबार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन बुधवार नेपाली बजारमा छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख दश हजार पचाँस रुपैयाँमा कारोबार भैरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।












