संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, क्षतीको विवरण आउन बाँकि

संखुवासभामा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको हुँदा बाँककि विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
उक्त हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको गर्ने काम भईरहेको थियो । जसको लागि उत्तध्m आयोजनाले सिम्रिक एयरसँग सम्झौता गरेको थियो ।










