सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाँच जना गम्भीर घाईते, काठमाडौं ल्याउने तयारी हुँदै

काठमाडौं । संखुवासभामा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटनामा पाँच जना गम्भीर घाईते भएको स्थानीयले बताएका छन् ।
उक्त एयरमा रहेका पाईलट, को पाईलट, हेलिकप्टरको टिम छिरिङ। स्थानीय भविन गुरुङ र सुरुन्द्र पौडेल गम्भीर घाईते भएको हुँदा आर्मीको होलिकप्टरबाट काठमाडौ लाने तयारी भईरहेको स्थानीयको भनाई छ।
घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गर्दैछ । घटनाको विस्तृत विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।











