इ–डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

२४ बैशाख २०८०, आईतवार ०७:३५

काठमाडौं । अमेरिकामा स्थायी बसोबासको लागि विगतमा आवेदन लिएको अमेरिकाले हिजो राति इ–डिभीको नतिजा सार्वजनिक गरेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, काउन्सुल ब्यूरोले प्रत्येक वर्ष इलेक्ट्रोनिक डाइभर्सिटी भिषाका लागि आवेदन माग गर्ने र आवेदकहरु मध्येबाट गोलाप्रथाको माध्यमबाट प्रवेश पाउने व्यक्तिहरुको सूचि सार्वजनिक गर्ने गर्दछ । इडिभीको छनौटमा परेका उम्मेदवारलाई अमेरिकाले आफ्ना नागरिक सरह मानेर अमेरिका लैजाने गर्दछ ।

अमेरिकाले चीन, भारत, नेपाल, पाकिस्तानसहित विश्वका अधिकांश धेरै देशका तोकिएको मापदण्ड पुगेका नागरिकतालाई इडिभी अन्तर्गत आफ्नो देशमा स्थानान्तरण गर्दै आएको छ ।

हिजो राति ९ः४५ सार्वजनिक गरिएको इडिभीको नतिजा अनुसार कति जना नेपालीहरुले उक्त चिठ्ठामा परे सम्पूर्ण विवरण बाहिर आइसकेको छैन । केही बीमाकर्मीहरुले इडिभी परेको भन्दै सामाजिक सञ्जालमा राख्न थालेका छन् । त्यस्तै, अन्य नागरिकहरुले पनि अमेरिकी इडिभीको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमा शेयर गर्न थालेका छन् ।

कसरी हेर्ने इ–डिभीको नतिजा ?
पहिलो तरिकाः सिधैं अमेरिकी इडिभीको वेभसाईटमा गएर कन्फरमेशन नम्वर राखेर हेर्न सकिन्छ ।

https://dvprogram.state.gov/ESC/CheckStatus.aspx

कन्फरमेशन कोड नभएमा, बिर्सिएमा फरगेट कन्फरमेशन कोड गरेर पुरा नाम थर, इमेल ठेगाना राखेर हेर्न सकिन्छ ।

https://dvprogram.state.gov/ESC/CheckConfirmation.aspx 

 

इडिभी परेकोमा यस्तो सन्देश आउनेछ ।

 

 

 

One thought on “इ–डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

  1. Birendra Rawat says:

    Surkhet

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*