आजदेखि संसद सुरु, अपरान्ह ४ बजे दुवै सदनको बैठक बस्दै

२४ बैशाख २०८०, आईतवार ०८:१५

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको रुपमा आजदेखि संसद बैठक प्रारम्भ गरिएको हो ।

आज अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्ने कार्यसूचि रहेको छ । आजदेखि सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश भई पारित भए पश्चात जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ । बजेटमाथि छलफल हुने भएकोले वर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी आजदेखि प्रतिपक्ष तर्फको बेन्चमा बस्नेछ । गत शुक्रबार सम्पन्न पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*