तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
२४ बैशाख २०८०, आईतवार ११:००

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
कारोबारको अघिल्लो दिन बिहिबार नेपाली बजारमा छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँँमा कारोबार भैरहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४४५ रुपैयाँले कारोबार भईरहेको छ ।












