यी तीन बीमा कम्पनीको दुई दिन सम्पूर्ण बीमा सेवा बन्द
२४ बैशाख २०८०, आईतवार १२:५०

काठमाडौं । हाल एकिकृत कारोबारको लागि अन्तिम तयारीमा रहेको युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफको बीमा सेवा सम्बन्धी सम्पूर्ण सुविधा बन्द गर्ने भएको छ ।मर्जरको लागि डाटा माईग्रेसनको लागि काम भईरहेको हुँदा तीन दिनको लागि सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ।
यी तीन कम्पनीले बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । कम्पनीको नामाकरण भईसकेको छ। अब यी तीन कम्पनीको एकिकृत कारोबारपश्चात् हिमालयन जीवन बीमा कम्पनी हुनेछ ।












